Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्य पठायाे, निगमलाई मासिक ६ अर्बभन्दा बढी घाटा

भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्य पठायाे, निगमलाई मासिक ६ अर्बभन्दा बढी घाटा

काठमाडौं, १८ फागुन । भारतबाट मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले विवरण सार्वजनिक गरेको छ । नयाँ मूल्यअनुसार आगामी १५ दिनमा निगमलाई करिब ३ अर्ब ९ करोड घाटा हुने जनाएको छ ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकोले इण्डियन आयल कर्पोरेशन (आईओसी) ले बढाएर नयाँ मूल्य सूची पठाएको हो ।विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९५ देखि १०५ प्रति व्यारेल पुगिसकेको छ ।

आईओसीको मूल्य सूचीअनुसार प्रति लिटर पेट्रोल ३.८९, डिजेल ३.०८, मट्टितले १०.३० र हवाई इन्धनमा ३.३२ ले बढेर आएको छ । समायोजन हुदाँ पनि प्रतिमहिना करिब ६ अर्बभन्दा बढी नोक्सानी हुने अनुमान छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x