स्थानीय तह निर्वाचनका लागि ८ अर्व ११ करोड बजेट स्वीकृत

काठमाडौं, १७ फागुन । स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्व ११ करोड रुपैयाँँ बजेट स्वीकृत गरेको छ ।

अर्थमन्त्रालयले आज उक्त बजेट स्वीकृत गरेको हो ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी बजेट माग गरेको थियो । आयोगले २०७९ बैशाख ३० गर्ने हुन लागिरहेको स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रुपैयाँ माग गरेको हो । सरकारले बैशाख ३० मा एकै पटक निर्वाचन गर्नेगरि तयारी गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *