Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको १३औं वार्षिकोत्सव सम्पन्न

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको १३औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं, २० फागुन । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको १३औं वार्षिकोत्सव सम्पन्न भएको छ । स्थापनाको यो अवधिमा कोषले देशका ८३ हजार ४०९ जनाका लागि स्वरोजगारी सृजना गरेको छ । परम्परागत सीपसँग सम्बन्धित व्यवसाय, होमस्टे व्यवसाय र अन्य उद्योग व्यवसायमा ११ अर्ब ९ करोड लगानी गरेर उक्त संख्यामा रोजगारी सृजना गरिएको बताइएको छ ।

कोषले एक हजार ९६८ सहकारी तथा २६ बैंक तथा वित्तीय संस्थामार्फत रोजगारी सृजनाका विभिन्न योजनामा लगानी गरेको छ । कोषले २०७८ पुस मसान्तसम्ममा ४२ हजार ५६३ जना व्यवसायीलाई अभिमुखीकरण तालिम, आठ हजार ४४० जना व्यवसायीलाई सीपमूलक तालिम, पाँच हजार ८० जना वित्तीय संस्था तथा सहकारीका पदाधिकारीलाई अनुशिक्षण तालिम प्रदान गरेको छ ।

कोषबाट हालसम्म स्वरोजगार भएका ६१ हजार १३२ जना व्यवसायीको बीमा गरिएको छ । यसअन्तर्गत १ हजार ६१ व्यवसायीलाई ६ करोड २४ लाख बराबर बीमा क्षतिपूर्ति उपलब्ध गराइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x