Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

पेट्रोलियम पदार्थ ढुवानीको भाडा वृद्धि गर्न १५ दिनको समयसीमा

पेट्रोलियम पदार्थ ढुवानीको भाडा वृद्धि गर्न १५ दिनको समयसीमा

काठमाडौं, २१ फागुन । पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएसँगैं ढुवानीको भाडा पनि वृद्धि गर्नुपर्ने पेट्रोलियम व्यावसायीहरुले माग गरेका छ्न ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घ र नेपाल एलपी ग्यास उद्योग संघले शुक्रबार राजधानीमा संयुक्त रूपमा पत्रकार सम्मलेन गरेर यस्तै माग गरेका हुन् ।

१५ दिन भित्र माग पूरा नगरे पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने उनीहरुले चेतावनी दिएका छ्न । २०७५ सालदेखि हालसम्म पेट्रोलियम पदार्थको मूल्य १७ पटक वृद्धि भएको तर ढुवानीको मुल्य समायोजन नभएको बताएका छ्न । डिजेलको मुल्य ९७ बाट १३३ रुपैयाँ पुर्‍याइ सक्दा समेत एउटै दरमा ढुवानी गर्नु परेको बताएका छ्न ।

अन्य क्षेत्रको सवारी साधनको भाडा दर २८ प्रतिश बढ्दासमेत पेट्रोलियम पदार्थ ढुवानीको मुल्य नबढाइएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x