Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता

नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता

काठमाडौं, २१ फागुन । पोखरा विश्वविद्यालयमा कार्यरत कर्मचारी एवम् विद्यार्थीहरुलाई आधुनिक एवम् सहुलियतपूर्ण बैंकिङ सेवा पाउने भएका छन् । जसका लागि नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता भएको छ ।

विश्वविद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक÷ शिक्षक÷कर्मचारीहरुको तलबी खातामा बैंकले बचत निक्षेपहरुको उच्च ब्याजदर प्रदान गर्ने भएको बैंकले जनाएको छ ।

साथै, बैंकले निःशुल्क भिसा डेबिट कार्ड, मोबाइल÷इन्टरनेट बैंकिङ रजिष्ट्रेसन, लकर भाडामा २५ प्रतिशत छुट दिने जनाएको छ । जुनसुकै कर्जा लिँदा सेवा शुल्कमा २५ प्रतिशत छुट, डिम्याट÷सीआस्वा÷मेरो सेयर रजिष्ट्रेसन पनि निःशुल्क दिइने बैंकले उल्लेख गरेको छ ।

कर्मचारीहरुलाई क्रेडिट कार्ड समेत प्रदान गर्ने तयारी बैंकको छ । त्यसैगरी, बैंकको कुनै एक शाखामा रहेको खाताबाट बैंकको अन्य कुनै पनि खातामा जतिसुकै रकम ट्रान्सफर गर्न चाहेमा विना कुनै शुल्क तत्कालै ट्रानसफर गरिने छ ।

बैंकले आवश्यकताअनुसार विश्वविद्यालय परिसरमा एटीएम मेसिन÷बैंक काउन्टर÷शाखा स्थापना गरी सेवा दिन समेत तयार रहेको जनाएको छ। सम्झौतामा विश्वविद्यालयका रजिष्ट्रार डा. दीपकबहादुर भण्डारी र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका छन् ।

देशभर २१३ शाखा, १४७ एटीएमका साथै ४९ वटा एक्सटेन्सन काउन्टरबाट बैंकले २० लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x