Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

ग्रीनलाइनका सञ्चालक अग्रवाल जेल चलान

ग्रीनलाइनका सञ्चालक अग्रवाल जेल चलान

काठमाडौं, २१ फागुन । दरबारमार्ग र कान्तिपथमा रहेका ग्रीनलाइन स्टोरका सञ्चालक अमित अग्रवाल जेल चलान भएका छन् ।

हिजो शुक्रबार विशेष अदालतले तोकेको ४५ लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा डिल्लीबजार कारागारमा जेल चलान भएका हुन् ।

महानगरीय प्रहरी परिसर टेकुका एसएसपी सुदीप गिरीका अनुसार बैंकिङ कसुरमा पक्राउ परेका अग्रवाललाई अदालतले जमानतका लागि ४५ लाख धरौटी माग गरेको थियो ।

अग्रवालविरुद्ध गत असोज महिनामा २ जना व्यवसायीले बैंकिङ कसुर अन्तर्गत उजुरी दिएका थिए । अदालतले दुई वटा उजुरीमा ४० लाख र ५ लाख गरी ४५ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

अग्रवाल केही समय अघि बैंक तथा मिटरब्याजीको ऋण तिर्न नसकेर परिवारसहित भागेर भारत पुगेका थिए । तर त्यसको केही समयपछि अमित अग्रवाल नेपाल फर्किएर पत्रकार सम्मेलन गर्दै सबैको ऋण चुक्ता गर्ने समेत बताएका थिए । त्यसको केही समयपछि प्रहरीले अग्रवाललाई पक्राउ गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x