Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

प्रदेश १ को नाम कोशी राख्नुपर्छ:ओली

प्रदेश १ को नाम कोशी राख्नुपर्छ:ओली

झापा, २१ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम ‘कोशी’ राख्दा उपयुक्त हुने सुझाव दिएका छन् ।

शनिवार बिर्तामोडमा आयोजित प्रेस चौतारी नेपाल प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै ओलीले मानव सभ्यताभन्दा अघिदेखि नै कोशी नदीको उत्पत्ति भएका कारण प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिएका हुन् ।

‘कोशीले पुरानो सभ्यता र परम्परा बोकेका छ । यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन्,’ ओलीले भने‚ ‘जातजाति पछि आएका हुन्, जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुन्छ, त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामाकरण कोशी गर्दा हुन्छ ।’

उनले अर्को प्रसंगमा नेपाली कांग्रेस एमालेसँग लड्ने पाँच घटकमध्ये एक भएको टिप्पणी गरे । वर्तमान गठबन्धनमध्येका कसैले पनि आउँदो निर्वाचनमा एमालेसँग एक्लै मैदानमा आउने आँट नगरेको उल्लेखगर्दै अध्यक्ष ओलीले लोकतन्त्रका निम्ति लामो संघर्ष गरेको कांग्रेसले दक्षिणपन्थीको वैशाखी टेक्नु दुःखद् भएको आरोप लगाए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x