Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेष्डो समृद्ध लघुवित्तको आईपीओ मंगलवार बाँडफाँट हुँदै

नेष्डो समृद्ध लघुवित्तको आईपीओ मंगलवार बाँडफाँट हुँदै

काठमाडौं, २१ फागुन । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आगामी मंगलवार बाँडफाँट हुने भएको छ ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले भोली आइतवार प्रि अलोटमेन्ट सम्पन्न गरी मंगलवार अन्तिम बाँडफाँट गर्ने तयारी भएको जानकारी दिएको छ ।

कम्पनीको आईपीओमा करिब २६ लाखले आवेदन दिएका छन् । मागभन्दा ३८ गुणा आवेदन परेको उक्त कम्पनीको आईपीओ ७७ हजार ४५६ जनाले मात्र पाउनेछन् । कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको ७ लाख ७४ हजार ५६३ कित्ता आईपीओ आगामी मंगलवार बाँडफाँट गर्नेछ ।

हालको बाँडफाँट ब्यवस्था अनुसार न्यूनतम १० कित्तासम्म माग गर्ने योग्य आवेदकहरुमध्यबाट ७४ हजार ५६३ जनालाई गोलाप्रथाका माध्यमबाट पहिलो चरणमा १० कित्ताका दरले शेयर बाँडफाँट हुनेछ ।
त्यसपछि बाँकी रहेको ३ कित्ता शेयर थप तीन जनाले एक कित्ताका दरले पाउँनेछन् । यसरी हेर्दा कम्पनीको आईपीओ बढी पाउनेले ११ कित्तासम्म प्राप्त गर्ने छन् ।

कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्कासन गरेको थियो । सार्वजनिक निष्कासन मार्फत विक्री गरेको सहित कुल रू. ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ कम्पनीले सर्वसाधारणमा वितरण गर्न लागेको हो ।

सर्वसाधारणमा वितरण हुने कुल कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत दरको १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ ।
कम्पनीको यो आईपीओलाई इक्रा रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. १७ करोड २१ लाख २५ हजार रहेको छ । आईपीओ बाँडफाँटपश्चात् यो पूँजी रू. २५ करोड ५० लाख पुग्नेछ । हाल संस्थापक तर्फ ६७ दशमलव ५० प्रतिशत स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ५० प्रतिशत शेयर बाँडफाँट गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x