Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपाल बैंकले खोल्यो ठूलो संख्यामा रोजगारी

नेपाल बैंकले खोल्यो ठूलो संख्यामा रोजगारी

काठमाडौं, २१ फागुन । नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा रोजगारी खुला गरेको छ ।

बैंकले विभिन्न पदमा २७३ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । लोक सेवा आयोगको सहमति अनुसार आर्थिक वर्ष २०७८।७९ को लागि स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेको पदमा आवेदन मागेको हो ।

इच्छुक उम्मेदवार चैत १० गतेसम्म अनलाइनबाट दरखास्त पेस गर्न सक्नेछन् । बैंकले माग गरेको दरखास्तमा प्लस टू गरेकाकादेखि आवेदन दिन सकिनेछ ।

बैंकले सातवटै प्रदेशअन्तर्गतका शाखा कार्यालयहरुका लागि सहायक (चौथो तह) पदमा १४८ जना भर्ने गर्ने भएको छ । जसअन्तर्गत प्रदेश १ मा ३१ जना, मधेस प्रदेशमा ३१ जना, वागमती प्रदेशमा ५१, गण्डकी प्रदेशमा १० जना, लुम्बिनी प्रदेशमा २१, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा २ जनाका लागि दरखास्त खुलाइएको हो । यस पदमा आवेदन दिन मान्यता प्राप्त संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्र (मावविकी) मा न्यूनतम स्नातक गरेको हुनुपर्नेछ ।

यसैगरी बैंकले सातवटै प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुका लागि कनिष्ठ सहायक (गोल्ड टेस्टर) पदमा ९२ जना भर्ने गर्ने भएको छ । जसअन्तर्गत प्रदेश १ मा १७, मधेस प्रदेशमा १५, वागमती प्रदेशमा २७, गण्डकी प्रदेशमा १२, लुम्बिनी प्रदेशमा ११, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा ५ जनाका लागि दरखास्त खुलाइएको छ । यस पदका लागि मान्यता प्राप्त संस्थाबाट व्यवस्थापनमा प्रमाणपत्र तह वा प्लस टू उत्तिर्ण गरेको हुनुपर्नेछ ।

यस्तै बैंकले सहायक प्रबन्धकमा ५६ जनाका लागि दरखास्त खुलाएको छ । यो पदका लागि मान्यता प्राप्त संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्र (मानविकी) मा न्यूनतम स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्नेछ ।

बैंकले सहायक प्रबन्धक (सीए) मा २ जना, सहायक प्रबन्धक (आईटी) मा ४ जना र सहायक (आईटी) मा २ जनाका लागि दरखास्त खुलाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x