Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

बढी सेवा शुल्कमा भ्रम रहेको आचार्यको भनाई

बढी सेवा शुल्कमा भ्रम रहेको आचार्यको भनाई

काठमाडौं, २१ काठमाडौं । सीडीएससीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यले आफूहरुले सेवाग्राहीबाट बढी सेवा शुल्क नलिएको दाबी गरेका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको सहकार्यमा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । ‘हामीले सरकारले तोकेको सेवा शुल्क लिने हो, हामी आफैँले सेवा सेवा शुल्क तोक्दैनौँ’, उनले भने, ‘केही मिडियाले बढी शुल्क लियो भने भ्रम सिर्जना गर्ने काम गरिरहेका छन् ।’

सीईओ आचार्य कम्पनीहरुले आईपीओ निष्कासन गर्दा प्रतिआवेदन २ रुपैयाँमात्रै सेवा शुल्क पाउने गरेको स्पष्ट पारेको छ। आईपीओ निष्कासन गर्दा केही बैंकहरुले आवेदकबाट शुल्क लिन्छन् र कुनैले निःशुल्क पनि गरेका छन् । त्यसबापत बैंकले बिक्री प्रबन्धकलाई १० रुपैयाँ प्रतिआवेदन दिने गर्छ। सोही १० रुपैयाँमध्ये २ रुपैयाँ सीडीएससीले पाउने हो ।

सीईओ आचार्यका अनुसार हाल डिम्याट खाता खोल्नेको संख्या ५० लाख नाघेको छ । जसमा ५७ प्रतिशत पुरुष र ४३ महिलाले खाता खोलेका छन्। ‘विगत डेढ वर्षमा मात्रै ३४–३५ लाख डिम्याट खाता खोलिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x