खानेतेलको मूल्य अस्वभाविक रुपमा वृद्धि
काठमाडौं, २२ फागुन । रुस र युक्रेनबीचको युद्धलाई कारण देखाएर पछिल्लो समय उद्योगीहरुले खाने तेलको मूल्य अस्वभाविक रुपमा वृद्धि गरेका छन । दुइसाता अघिसम्म प्रतिलिटर २४० रुपैयाँ रहेको सूर्यमुखी तेलाको मूल्य अहिले २६० देखि २८० रुपैयाँ सम्ममा व्यापारीहरुले बेचिरहेका छन ।
मूल्य बढेसगै कृत्रिम अभाव समेत सृजना गरेका छन । मूल्य बढेपछि चहेजति तेल पाउन छाडेकाे व्यापारी बताउछन् ।
एक वर्षको अन्तरालमा लिटरको १ सय रुपैयाँ मूल्य बढिसकेको छ । सूर्यमुखी तेलको कच्चा पदार्थ रुस, युक्रेन र अजेन्टीनाबाट आयात हुन्छ । यी देशबाट कच्चा पदार्थ आयात गर्न कम्तीमा पनि दुई महिना लाग्छ । कच्चा पदार्थ ल्याएर प्रशोधन गरेर बजार पठाउन अर्को दुई साताबढी समय लाग्छ । तर युद्ध सुरु भएको दुई साता पनि नपुग्दै यसैलाई बहाना बनाएर मूल्य बढाउँदा उपभोक्ताको भान्छा महंगो बनेको छ ।