Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एउटै कम्पनीको वार्षिक २२ हजार मेट्रिकटन दाल उत्पादन हुने

एउटै कम्पनीको वार्षिक २२ हजार मेट्रिकटन दाल उत्पादन हुने

काठमाडौं, २२ फागुन । वार्षिक २२ हजार मेट्रिकटन दाल तथा अन्य खाधान्न उत्पादन गर्नेगरी क्लासिक फुड इन्डष्ट्रिज स्थापना हुने भएको छ । रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ मा उद्योग स्थापना गर्नेगरी क्लासिक फूडले उद्योग विभागमा लगानीको प्रस्ताव गरेको हो । उद्योग विभागका अनुसार फागुन महिनामा एक मझौला उद्योगमार्फत दाललगायत खाद्य वस्तु उत्पादन गर्नेगरी प्रतिवद्धता आएको छ । विभागका अनुसार गत १५ गते उक्त उद्योग स्थापना तथा लगानीको प्रतिवद्धता आएको हो ।

३२ करोड रुपैयाँ कूल लागत राखिएको परियोजनामार्फत बार्षिक २२ हजार मेट्रिक टन दाल र १४ सय २५ मेट्रिक टन चुन्नी भुषा उत्पादन गरिने बताइएको छ । ९६ जनालाई रोजगारी दिनेगरी प्रस्ताव गरिएको उक्त परियोजनामा शतप्रतिशत लगानी स्थानीय रहेको कम्पनीले विभागलाई जानकारी दिएको छ । यस्तै उक्त परियोजनाले १ हजार केभीए विद्युत खपत गर्ने पनि बताईएको छ ।

चालु आर्थिक बर्षको ७ महिनामा मात्रै नेपालले १२ अर्ब ३४ करोड २० लाख रुपैयाँ बराबरको १५ करोड १० लाख ४६ हजार किलो दाल आयात गरेको छ । नेपालमै उत्पादन र प्रशोधन हुन सक्ने भएपनि यस्ता खाद्यान्न, दलहनलगायतका वस्तुहरु विदेशबाट आयात गर्नुपर्दा नेपाली पैसा बाहिरिरहेको उद्योग विभागका अधिकारीहरु बताउँछन् । नेपालमा उत्पादन हुने वस्तुहरुको प्रशोधन उद्योग नेपालमै निर्माण गरी वस्तु खपत गरेमा पनि पनि नेपालको व्यापारघाटामा सहुलियत हुने विभागका प्रवक्ता ज्ञानेन्द्र पराजुली बताउँछन् ।

उनका अनुसार विभागमा गत १५ गते दर्ता भएको दाल उद्योगले बार्षिक रुपमा चना, मास, मुसुरो, मुंग, केराउ, अरहरलगायतका दालहरु उत्पादन गर्ने बताएको छ । कम्पनीले ठुलो मात्रामा नेपालमै दाल उत्पादन गर्ने भएपनि दाल आयातमार्फत बाहिरिने रकम नेपालमै वस्ने उनको अनुमान छ । विभागमा लगानी प्रतिवद्धता जाहेर गरेको कम्पनीले आफ्नो चालु पुँजी १ करोड ४८ लाख रुपैयाँ रहेको जानकारी दिएको छ ।

पछिल्लो ७ महिनामा नेपालमा २ खर्ब १३ अर्ब ५३ करोड रुपैयाँ बराबरको उद्योगमा लगानी प्रतिवद्धता आएको छ । जसमा सबैभन्दा धेरै प्रतिवद्धता उर्जामुलक र त्यसपछि उत्पादनमुलक क्षेत्रमै छ । पछिल्लो ७ महिनामा नेपालको उत्पादनमुलक क्षेत्रका उद्योगमा मात्रै ४६ अर्ब ८६ करोड २२ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x