Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

वाणिज्य बैंकहरुमा बढ्न थाल्यो निक्षेप, एक सातामै ११ अर्ब संकलन

वाणिज्य बैंकहरुमा बढ्न थाल्यो निक्षेप, एक सातामै ११ अर्ब संकलन

काठमाडौं, २४ फागुन । चालु आर्थिक वर्ष सुरु भएदेखि नै सुस्ताएको वाणिज्य बैंकहरुको निक्षेप संकलन पछिल्लो हप्ता बढ्न थालेको छ। फागुनको तेस्रो सातासम्म आउँदा वाणिज्य बैंकहरुले ११ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएका छन्।

नेपाल बैंकर्स संघका अनुसार माघ मसान्तसम्म ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको निक्षेप फागुनको पहिलो र दोस्रो साता १ अर्ब रुपैयाँले थप भएको थियो । यस्तै यहि फागुन १३ गतेसम्म ४३ खर्ब १३ अर्ब रुपैयाँ मौज्दात रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप फागुन २० गतेसम्म आइपुग्दा ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको संघले जानकारी दिएको छ।

फागुन २० गतेसम्म वाणिज्य बैंकहरुले कूल ४१ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x