मुल्य बढेर ऐतिहासिक रचेको सुनसँगै घट्यो चाँदी
काठमाडौं, २६ फागुन । सुनको मूल्य एकै दिन तोलामा ३ हजार ५ सय रुपैयाँले घटेको छ । बिहीबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार तोलामा २ हजार ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ भई इतिहासकै महंगो मूल्यको रेकर्ड कायम भएको थियो ।
बिहीबार चाँदी पनि प्रतितोला ४५ रुपैयाँले घट्दै १ हजार ४ सय ५ रुपैयाँ तोकिएको छ । बुधबार चाँदी प्रतितोला ४० रुपैयाँले बढेर १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि बिहीबार सुन प्रतिऔंस ७८.१३ प्रतिशतले घटेको छ । घटेर प्रतिऔंस १९७६ .३८ डलरमा कारोबार भएको छ । बुधबार सुन प्रतिऔंस २०५४.५१ डलरमा कारोबार भएको थियो । त्यस्तै बिहीबार चाँदी प्रतिऔंस २५ .५२ डलर भएको छ । बुधबार चाँदी २६.६२ डलर थियो ।