Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

अजोड इन्स्योरेन्स र भक्तपुर उद्योग वाणिज्य संघ बीच बीमा सेवा सम्झौता

अजोड इन्स्योरेन्स र भक्तपुर उद्योग वाणिज्य संघ बीच बीमा सेवा सम्झौता

काठमाडौं , १ चैत । भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेड बीच बीमा सहकार्य सम्झौता सम्पन्न भएको छ । सो अवसरमा उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदाको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।‬‬‬

कार्यक्रममा अजोड इन्स्योरेन्स लिम्टिेडका प्रमूख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले भक्तपुर क्षेत्रका ब्यवसायीसंग सहकार्य गरि परिस्कृत सेवा प्रदान गर्न यो सम्झौताले महत्वपुर्ण भूमिका खेल्ने बताएका छन् । यस्तै अहिलेको समयमा बीमाको अपरिहार्यता रहेको उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले बताए ।

उक्त कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक डोरिन्द्र राज दहालले आजको वदलिदो परिस्थितमा बीमाको अपरीहार्यताको बारेमा प्रकाश पार्दै बीमा गर्ने समयमा नै पर्याप्त छलफल गर्न सकेमा पछी दावीको अवस्थामा कुनै समस्या नहुने उनको दाबी छ ।

अजोड इन्स्योरेन्स लिमिटडका प्रमूख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव प्रसाद मानन्धरले बीमा सेवा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x