Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

माछापुच्छ्रे बैंकद्धारा सिसियु वार्ड सहिद गंगालाल अस्पताललाई हस्तान्तरण

माछापुच्छ्रे बैंकद्धारा सिसियु वार्ड सहिद गंगालाल अस्पताललाई हस्तान्तरण


काठमाडौं, १ चैत । माछापुच्छ«े बैंक लि. ले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सिसियु वार्ड (क्रिटीकल क्यएर यूनिट) अस्पताललाई हस्तान्तरण गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जटिल प्रकृतिका मुटु रोगीको उपचारमा सघाउ पुर्याउने उद्धेश्यले स्थापना गरेको उक्त २४ सैयाको सिसियु वार्ड अस्पताललाई हस्तान्तरण गरेको हो । मंगलबार आयोजित कार्यक्रममा बैंक का अध्यक्ष डा. विरेन्द्र महतोले उक्त वार्ड सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारी लाई हस्तान्तरण गरेका हुन ।


वार्ड हस्तान्तरण कार्यक्रममा बैंक संचालक समितीका सदस्यहरु रोशन केसी, विश्वप्रकाश गौतम, मुकुन्द महत, हरिभक्त सिग्देल, बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायत उच्चपदस्थ कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


बैंकले विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको थियो । हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x