Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अर्थमन्त्रीको एडिबीलाई सुझाव ः ऋणसँगै प्रविधि भित्र्याउन

अर्थमन्त्रीको एडिबीलाई सुझाव ः ऋणसँगै प्रविधि  भित्र्याउन


काठमाडौं, १ चैत । अर्थमन्त्री जनार्दन शर्माले एसियाली बिकास बैंक (एडिबी) लाई नेपालमा ऋण लगाानी सँगै विश्व बजारमा उपलब्ध नयाँ प्रविधिसमेत भित्र््याएर सहयोग गर्न आग्रह गरेका छन् ।


एडिबीले नेपालमा कार्यान्वयन गरिरहेका विभिन्न परियोजनाको बार्षिक समीक्षा गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्र्दै अर्थमन्त्री शर्माले ठूला परियोजनाहरुमा अझै दातृ निकायको ऋण आवश्यक परेको बताए । ऋण मात्र होइन, प्रविधि पनि भित्राउदा परियोजना कार्यान्वयन गर्न सजिलो हुने उनले बताए ।


ऋण लगानीमा निर्माण हुने परियोजना कार्यान्वयनमा आएपछि सोही ऋण तिर्न सक्ने प्रतिफलयोग्य हुनुपर्ने पनि बताएका थिए । सो समिक्षा कार्यक्रममा एडिबीको आर्थिक सहयोगमा विभिन्न परियोजना संचालन गरिरहेका मन्त्रालयका सचिवसहित अन्य पदाधिकारीको सहभागिता रहेको थियो ।


त्यस्तै अर्थमन्त्री शर्माले नेपालको विशेषता र आवश्यकता सुहाउँदो सर्तहरु राखेर एडिबीले परियोजनामा लगाानी गर्नुपर्ने र ऋण लिने भनेर अप्ठ्यारो नपार्न सुभाव दिदै भने एबिडी र सरकारको सम्बन्ध सुदृढ र आत्मनिर्भर समाज रुपान्तरणका लागि योजना प्रभाावकारी हुने बताएका थिए ।

समन्वय गर्न कर्मचारी बीच तालमेल नहुँदा विकासमा अवरोध भएको र ‘कुन सडक कसले बनाउने भनेर पनि कर्मचारी अलमलिने गरेको बताएका छन । सडक खन्ने, ढल बनाउने र बिजुलीको पोल गाड्ने काम समन्वय गरेर एउटै टेण्डरमा निकाल्दा हुने तर यहाँ बाटो बनाएपछि ढल विकासले खन्ने र विद्युत् प्राधिकरणले बिजुलीको पोल गाड्ने अनौठा उदाहरण देखिने गरेको बताएका छन ।


कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिचाई मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा एबिडीको चार खर्ब नौ अर्ब रुपैयाँ लगानीका परियोजना संचालनमा रहेको जानकारी दिइएको थियो । समिक्षा कार्यक्रम मंगलबार सकिने कार्यतालिका छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x