Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एक लाख म्यादी प्रहरीका लागि ४ अर्ब ४० करोडौं खर्च आवश्यक

एक लाख म्यादी प्रहरीका लागि ४ अर्ब ४० करोडौं खर्च आवश्यक

काठमाडौं, २ चैत । नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । इच्छुकले चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन सक्ने छन ।

दर्खास्त फारम सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने भनिएको छ । म्यादी प्रहरीमा १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन पाउनेछन् ।

म्यादी प्रहरी भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइने सूचनामा भनिएको छ । उनीहरुको सेवा अवधि ४० दिन रहेनछ । खाद्यान्न, कपडा र आवतजावत र सेवा शुल्क गरि उनीहरुले एकमुष्ट ४४ हजार रुपैयाँ पाउनेछन् ।

म्यादीका लागि अर्थ मन्त्रालयले ४ लाख ३९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । तर एक म्यादी प्रहरी बराबर ४४ हजार खर्च गर्ने हो भने सरकारले छुट्याएको बजेटमा १ करोड अपुग हुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x