Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बागमती प्रदेशको ६ महिनामा १५ प्रतिशत बजेट मात्र खर्च

बागमती प्रदेशको ६ महिनामा १५ प्रतिशत बजेट मात्र खर्च

हेटौंडा, २ चैत । बागमती प्रदेश सरकारले ६ महिनामा कुल १५ प्रतिशत बजेट मात्र खर्च गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय हेटौंडाले मंगलबार पत्रकार सम्मेलन गर्दै सरकारले ६ महिनाको समयमा विनियोजन कुल बजेट ५७ अर्ब ७२ करोड ०९ लाख २७ हजार रुपैयाँमध्ये १५ दशमलव १५ प्रतिशत खर्च गरेको जनाएको हो ।

सरकारले अर्ध वार्षिक अवधि समाप्त हुँदासम्म चालू आर्थिक वर्ष २०७८/०७९ को लागि विनियोजन गरिएको कुल बजेटको ८ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ खर्च गरेको हो । कोरोना संक्रमणको जोखिम, विभिन्न राजनीतिक परिवर्तन र सरकारको अस्थिरताको कारण बजेट अर्चमा सोचे अनुरुप खर्च गर्न नसकिएको हो ।

मन्त्रालयका अनुसार सो अवधिमा कुल खर्चमध्ये चालूतर्फ विनियोजित ५ अर्ब २ करोड १६ लाख ३३ रुपैयाँको १९.३० प्रतिशत खर्च भएको छ भने पूँजीगततर्फ २ करोड ४८ लाख ५६ हजार रुपैयाँको र वित्तीय व्यवस्थातर्फ ७० करोड खर्च गरेको छ । जुन कुल विनियोजित रकमको क्रमशः १० दशमलव १८ प्रतिशत र ३५ प्रतिशत हुन आउँछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x