Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

दोहोरो अंकले घट्यो शेयर बजार, ३ अर्ब बढीको कारोबार

दोहोरो अंकले घट्यो शेयर बजार, ३ अर्ब बढीको कारोबार


काठमाडौं, १ चैत । यस महिनाको पहिलो कारोबार दिन अर्थात साताको तेस्रो दिन मंगलबार शेयर बजार १७.१५ अंकले घटेको छ । यस दिन नेप्से ०.६४ प्रतिशतले घटेर २६५०.९७ अंकमा पुगेको हो ।

मंगलबार २२९ कम्पनीको ६५ लाख २९ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड ४२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । यस दिन ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ७.२६ अंकले घटेर ५०२.५९ अंकमा पुगेको छ , यो अघिल्लो दिनको तुलनामा १.४२ प्रतिसतले कम हो ।
१३ समूहका कम्पनीको उपसूचकमध्ये ९ कम्पनीको कारोबार घटेको छ भने ४ कम्पनीको कारोबारमा वृद्वि भएको छ । यस दिन जिवन बीमा समूहको उपसूचक सर्वाधिक १०२.७४ अंकले बढेर १४४६९.८५ अंकमा आइपुगेको छ । यस्तै उत्पादन र प्रशोधन कम्पनिको भने उपसूचक १०४.४१ अंकले घटेर ६३२३.५७ अंकमा पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x