खल्तीबाट इ एम आइ भुक्तानी गर्दा क्यासब्याक र स्मार्टफोन जित्ने मौका
काठमाडौं , १ चैत । खल्तीको इ एम आइ भुक्तानीमा क्यासब्याक साथै दुई जनाले स्मार्टफोन जित्ने अफर खल्तिले ल्याएको छ । यो अफर चैत महिना भरि मान्य रहने खल्तिले बताएको छ ।
यस अफर “इ एम आइ डन १०० प्रतिसत रिटर्न” अनुसार हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एंड इन्भेस्टमेन्ट, स्याकार–होन्डा र एम ए डब्लु इन्वेत्मेंट प्राइभेट लिमिटेडको इ एम आइ भुक्तानी गर्दा हरेक हप्ता एक जना भाग्यशाली बिजेताले भुक्तानीमा १०० प्रतिसत क्यास्ब्याक रू.५,००० अधिकतम प्राप्त गर्नेछन् भने दुई जनाले उपहारमा स्मार्टफोन जित्ने जानकारी गराइएको छ ।
“प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको र डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याईएको खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताएका छन् ।
२० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६०,००० बढि सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको बताइएको छ ।