मूल्य वृद्धि नियन्त्रण नभएसम्म ‘निर्माण होलिडे’ मनाउने तयारीमा निर्माण व्यवसायी
काठमाडाैं,५ चैत । नेपाल निर्माण व्यवसायी महासंघले ‘निर्माण होलिडे’ मनाउने तयारीमा रहेको जानकारी गराएका छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघले यसबारे जानकारी गराएका हुन् ।
हाल बजारमा निर्माण सामग्रीहरु नदीजन्य सामग्री, सिमेन्ट, फलामजन्य सामग्री (छड,पाता, आइरन ब्लेड) पेट्रोलियम पदार्थलगायतमा हरेक अवधिमा अप्रत्याशित, असामान्य मूल्यवृद्धि भएकाले यस्तो मूल्यवृद्धि नियन्त्रण नभएसम्म निर्माण होलिडे कामय गर्ने तयारी रहेको महासंघले घोषणा गरेको छ । साथै सबै किसिमका ठेक्कामा मूल्यवृद्धि पाउने गरी सार्वजनिक खरिद अनुगमन कार्यलायबाट मूल्य समायोजनको लागि विशेष व्यवस्था गर्नको लागि प्राविधिक मार्गदर्शन–२ जारी गर्न पहल गर्ने पनि महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।
महासंघका अध्यक्ष सिंहले जुवा खेल्नको लागि निर्माण व्यवसायमा नलागेको बताउँदै चार महिनामा मूल्यवृद्धि दुइपटक बढ्ने गरेको कुराको याद दिलाए । यस्तो परिस्थितिमा विकास निर्माणको काम कसरी अघि बढाउने भन्ने उनको गुनासो छ । निर्माण व्यवसाय बाध्य भएर निर्माण होलिडे मनाउन गइरेहको उनले प्रस्ट पारे ।