सुन तोलाको रु. ९९ हजार २ सयमा कारोेबार
काठमाडौं, ६ चैत । साताको पहिलो दिन सुनचाँदीको मूल्य घटेको छ ।
शुक्रबारको तुलनामा आइतबार सुनमा प्रतितोला ६ सय र चाँदीमा प्रति तोला १० रुपैयाँले घटेर कारोबार भएको हो ।
शुक्रबार छापावाला सुन प्रति तोला ९९ हजार ८ सय र चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार सुन प्रति तोला ९९ हजार २ सय र चाँदी प्रति तोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।