हस्तकला महासंघको नयाँ कार्यसमिति, अध्यक्षमा प्रचण्ड शाक्य निर्वाचित
काठमाडौं, ६ चैत । नेपाल हस्तकला महासंघले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ । महासंघको अध्यक्षमा प्रचण्ड शाक्य निर्वाचित भएका छन् । शुक्रवार भएको महासंघको ४१औं वार्षिक साधारणसभामार्फत नयाँ कार्यसमितिका लागि शनिवार निर्वाचन गरिएको थियो । नवनिर्वाचित शाक्यले कोरोना महामारीबाट प्रभावित हस्तकलाको निर्यात प्रवद्र्धनमा जोड दिने, प्रदेश सरकारसँगको समन्वयमा हस्तकला व्यवसायलाई औपचारिक शिक्षाको रुपमा अगाडि लैजानुपर्ने लगायत एजेन्डालाई अघि सारेका थिए ।
निर्वाचित नयाँ कार्यसमितिको अध्यक्षमा शाक्यसहित वरिष्ठ उपाध्यक्षमा सनम शाक्य, जिल्ला उपाध्यक्ष दिपेन्द्र शाक्य, वस्तुगत उपाध्यक्ष अमृत खड्का, एसोसियट उपाध्यक्ष किरण स्थापित, वाणिज्य उपाध्यक्ष दिल्लीरत्न तुलाधर, उद्योग उपाध्यक्ष दिव्यतारा तुलाधर र व्यक्तिगत उपाध्यक्ष नवीन शाक्य विजयी भएका छन् । यसैगरी वाणिज्यतर्फको कार्यसमितिमा क्रमशः प्रताप शाक्य, राकेस वज्राचार्य, मिलन वीर मालाकार रहेका छन् । साथै उद्योगतर्फको कार्य समितिमा क्रमशः अमूल्यदेवि तुलाधर, रत्नमुनी वह्माचार्य, बिक्रम शिङ चयन हुनु भएको छ । यस्तै व्यक्तिगत कार्य समितिमा क्रमशः मानिकमान शाक्य, विकास शाक्य, उदिप शाक्य र सुजन शाक्य रहेका छन् ।
यसैगरी कार्य समितिमा क्रमशः गनेश राजचल (भक्तपुर), पदम बराल (झापा) रहेका छन् भने वस्तुगत कार्य समितिमा क्रमशः रेखा अर्याल, श्री कृष्ण प्रजापति र एशोशियटतर्फको कार्यसमितिमा दिपेन्द्र शाक्य निर्वाचित भएका छन् । । नवनिर्वाचित कार्य समितिले सोमवार सपथ लिने कार्यक्रम रहेको छ । विधान अनुसार कुल २६ जनाको कार्यसमिति रहनेगरेको महासंघमा दुईजना भने मनोनीत हुन बाँकी छ । विधान अनुसार नवनिर्वाचित कार्यसमितिले आवश्यकता अनुसार स्वतः दुई जना कार्यसमिति सदस्य मनोनीत गर्ने व्यवस्था रहेको छ ।