Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बर्डफ्लु देखिए पछि नष्ट गरिएको ६० हजार पन्छीको क्षतिपूर्ति दिन पैसा अभाव

बर्डफ्लु देखिए पछि नष्ट गरिएको ६० हजार पन्छीको क्षतिपूर्ति दिन पैसा अभाव

काठमाडौं , ६ चैत । १० जिल्लामा बर्डफ्लु देखिएको छ । हालसम्म बर्डफ्लु नियन्त्रणमै रहेको दाबी गरिए पनि यही क्रममा बढ्दै गए कठिन हुनसक्ने चिन्ता व्यक्त गरिएको छ ।

पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले १० वटा जिल्लाका विभिन्न स्थानमा बर्डफ्लु फैलिएको भेटिए पनि हालसम्म नियन्त्रणमै रहेको बताउँदै यसरी बढ्दै गयो भने नियन्त्रणभन्दा बाहिर जान सक्ने चेतावनी दिए । अन्य जिल्लाबाट पनि परीक्षणका लागि नमुना आउने क्रम बढेको जनाइएको छ । त्यसको नतिजा आइसकेको छैन ।

१० वटा जिल्लामा ६० हजारभन्दा बढी पन्छी नष्ट गरिसकेको र त्यसको क्षतिपूर्ति दिन रकमको अभाव भएको पनि बताए । किसानलाई क्षतिपूर्ति दिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग रकम माग गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x