Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

गम्भीर आर्थिक संकटले श्रीलंकामा रोकियो वार्षिक परीक्षा

गम्भीर आर्थिक संकटले श्रीलंकामा रोकियो वार्षिक परीक्षा

काठमाडौं, ६ चैत्र । श्रीलंका सरकारले विद्यालय तहको वार्षिक परीक्षा स्थगित गर्ने निर्णयको अहिले विश्वभर चर्चा भइरहेको छ । आर्थिक संकटसँग गुज्रिरहेको श्रीलंकाले शनिवार कागजको अभावका कारण सोमवारबाट हुने भनिएको परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

सामान आयात गर्न आर्थिक संकट देखा परेसँगै अधिकारीहरुले परीक्षा स्थगित गर्ने निर्णय गरेका हुन् । काजगसँगै मसी आयात गर्न विद्यालयले नसकेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

परीक्षा स्थगित भएसँगै त्यसबाट ४० लाख भन्दा विद्यार्थी प्रभावित हुनेछन् ।

विदेशी मुद्राको अभावका कारण श्रीलंका स्वतन्त्रता यता कै गम्भीर आर्थिक संकटमा परेको छ । आर्थिक संकटबाट बच्न श्रीलंकाले इन्टरनेशनल मनिटरि फन्डसँग ऋण लिने बारेमा छलफल पनि गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x