Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

गैरकानुनी धन्दामा गोल्डम्यान

गैरकानुनी धन्दामा गोल्डम्यान

काठमाडौं, ६ चैत्र । गोल्डम्यान इन्भेस्टमेन्ट कम्पनी खुलेआम सर्वसाधारणलाई ठग्ने धन्दामा लागेको पाइएको छ । कम्पनीले संस्थापक लगानीकर्ता भित्र्याउने नाममा सर्वसाधारणलाई झुक्याउने गरी सामाजिक सञ्जाल (फेसबुक, युट्युब)मा भिडियो सामग्री नै अपलोड गरेर जथाभावी रकम उठाइरहेको छ ।

कम्पनीले पैसा उठाउन प्रयोग गरेको विधिले वित्तीय अपराधलाई प्रसय दिएको आभास मिल्छ ।

गोल्डम्यानले कम्पनी ऐन २०६३ र धितोपत्र कारोबारबसम्बन्धी ऐन २०६३ लाई नै माथ दिने गरी गतिविधि गरेको देखिन्छ । गोल्डम्यानले ५० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १५० रुपैयाँमा सेयर किन्न आह्वान गरेको छ ।

त्यति मात्र होइन अहिले १० लाख रुपैयाँ लगानी गरेको लगानीकर्ता केही वर्षमा करोडौं मालिक हुने सन्देश प्रवाहित गरिरहेको छ । यद्यपि कम्पनीले अहिले न्यूनतम १० लाख रुपैयाँबराबरको संस्थापक लगानीका लागि सार्वजनिक आह्वान गरेको देखिन्छ ।

कम्पनीले प्रचार सामग्रीमा अहिले १० लाख लगानी गर्ने लगानीकर्ताले आगामी १० वर्षमा औसत १० हजार प्रतिकित्ताका दरले दोस्रो बजारमा कारोबार हुने भएकाले १० करोड कमाउने भनिएको छ ।

गोल्डम्यान २०७८ बाट सञ्चालनमा आएको र आगामी ५ वर्षमा उक्त ५० वटा कम्पनी सञ्चालन गरिने भनिएको छ । २०८४ सालमा केही कम्पनीसहित गोल्डम्यानको लकिङ खुला गरिने बताइएको छ । २०८६ सालमा गोल्डम्यानअन्तर्गतका कम्पनीको एफपीओ जारी हुने भनिएको छ । २०८८ मा यस कम्पनीको नेटवर्थ २५ हजार करोड रुपैयाँ पुग्ने र नेपालको सबैभन्दा ठूलो कम्पनी हुने बताइएको छ ।

गोल्डम्यान २०७८ बाट सञ्चालनमा आएको र आगामी ५ वर्षमा उक्त ५० वटा कम्पनी सञ्चालन गरिने भनिएको छ । २०८४ सालमा केही कम्पनीसहित गोल्डम्यानको लकिङ खुला गरिने बताइएको छ । २०८६ सालमा गोल्डम्यानअन्तर्गतका कम्पनीको एफपीओ जारी हुने भनिएको छ । २०८८ मा यस कम्पनीको नेटवर्थ २५ हजार करोड रुपैयाँ पुग्ने र नेपालको सबैभन्दा ठूलो कम्पनी हुने बताइएको छ ।

यस कम्पनीको एउटा कम्पनीको औसत लगानी १० करोड, एक कम्पनीको औसत पब्लिक सेयर १ लाख, धितो बजारमा सूचीकृत भएपछि कम्पनीको औसत प्रतिसेयर मूल्य ५ हजार रुपैयाँ, ५० कम्पनीको सूचीकृत औसत सेयर बजार पुँजी ५ अर्ब, १० वर्षमा गोल्डम्यानले ५० कम्पनीको सेयर बिक्री गरेर कमाउने क्यापिटल गेन २ खर्ब ५० अर्ब पुग्ने भिडियोमा भनिएको छ ।

कम्पनी सञ्चालनमा आएको दिनदेखि नै मुनाफामा रहेकाले आगामी १० वर्षमा १० देखि ५०० प्रतिशतसम्म लाभांश वितरण गर्ने उल्लेख छ । कम्पनीले भ्रामक प्रचार सामग्री गोल्डम्यानको वेबसाइडमा राखी फेसबुक तथा युट्युबलगायतका सामाजिक सञ्जालमा अपलोड गरी संस्थापक लगानीका लागि आह्वान गरेको छ । जुन कम्पनी ऐन २०६३ को दफा ९ विपरीतको काम हो ।

कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता हुँदा नै न्यूनतम लगानीकर्ताको संख्या खुलाउनुपर्छ । तर, गोल्डम्यानले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएर कम्पनी सञ्चालनमा ल्याई उद्घाटनसमेत गरिसकेको स्थितिमा खुलेआम संस्थापक लगानीकर्ता खोजी गरेको हो ।

गोल्डम्यानले आफूलाई पब्लिक लिमिटेड कम्पनी रहेको दाबी गर्छ । पब्लिक लिमिटेड कम्पनी हुनका लागि कम्तीमा ७ जना लगानीकर्ता र बढीमा जति पनि हुन सक्ने व्यवस्था ऐनले गरेको छ ।

त्यस्तै, कम्पनीले धितोपत्र ऐनको दफा २९ (१) ले कुनै पनि संगठित संस्थाले ५० जनाभन्दा बढी व्यक्तिलाई धितोपत्र बिक्री गर्नुपर्ने भएमा अनिवार्य रूपमा सार्वजनिक निष्कासन गर्नुपर्ने व्यवस्था गरेको छ ।

‘कुनै पनि संगठित संस्थाले एक पटकमा ५० जनाभन्दा बढी व्यक्तिलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणका निमित्त सार्वजनिक निष्कासन गर्नुपर्ने छ’, ऐनमा भनिएको छ ।

कुनै पनि कम्पनी धितोपत्रमा दर्ता भई कारोबार गर्न धितोपत्र ऐनको परिच्छेद ३ ‘दर्ता तथा निष्कासन’ अन्तर्गतका दफा २७ देखि ३५ सम्मको व्यवस्था पालना गर्नुपर्छ । दफा २७ (१) मा नै धितोपत्रसम्बन्धी व्यवस्था छ । ‘संगठित संस्था आपूmले निष्कासन गर्ने धितोपत्र निष्कासन गर्नुअघि बोर्डबाट दर्ता गराउनु पर्ने’ भनिएको छ ।

‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३’ नियम ३ मा धितोपत्र दर्ता गर्नका लागि आवश्यक प्रक्रिया तोकेको छ । धितोपत्र ऐनको दफा २७ अनुसार धितोपत्र दर्ताका लागि आवेदन दिनुपर्ने र निवेदन दस्तुरबापतको रकम बोर्डको खातामा जम्मा गरी ५ वटा सर्त पालना गर्नुपर्ने उल्लेख छ ।

कम्पनी ऐनअनुसार स्थापना भएको प्रमाण स्वरूप संगठित संस्थाको आद्यावधिक प्रवन्धपत्र र नियमावली, विशेष ऐनद्वारा संगठित संस्था भएको भएसम्बन्धी नियम वा विनियमसम्बन्धी संस्थाको सञ्चालक समितिले धितोपत्रमा दर्ता हुन गरेको निर्णयको प्रतिलिपि, सञ्चालक समितिले धितोपत्र कारोबारका लागि दिएको अख्तियारी र पछिल्लो आर्थिक वर्षको लेखा परीक्षण गरिएको कम्पनीको वित्तीय विवरण समावेश गरी आवेदन दिनुपर्ने हुन्छ ।

यसरी दिएको आवेदनका आधारमा धितोपत्र कारोबारका लागि धितोपत्र बोर्डले उपयुक्त देखेमा मात्रै कारोबारका लागि अनुमति दिने गर्छ । धितोपत्र निष्कासन गर्दा पनि बोर्डको नियम तथा मापदण्डको पूर्णरूपमा पालना गर्नुपर्ने हुन्छ ।

धितोपत्रमा सूचीकृत हुन नसकेका कम्पनीको सेयर ओटीसी बजारमार्फत खरिद बिक्रीमा हुने गर्छ । ओभर द काउन्टर (ओटीसी) बजारमा समेत गोल्डम्यान दर्ता नभएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । गोल्डम्यान कम्पनी न धितोपत्र बोर्डमा दर्ता छ, नत योग्यता नै पुगेको छ । ओटीसी बजारमा कारोबार गर्नसमेत अग्रसर नभएको कम्पनीले कसरी खुलेआम सेयर बिक्री गर्न सार्वजनिक आह्वान गर्न सक्छ ?

गोल्डम्यानका अध्यक्ष दीपेन्द्र अग्रवाल सेयर बजारका नामी खेलाडी हुन् । अग्रवाल आफूलाई जनता समाजवादी पार्टी (जसपा)को कार्यकर्ता बताउँछन् । कम्पनीमा सुशील लुनिया डेपुटी सीईओ, सुशील भट्टराई प्रवन्ध निर्देशक, ईश्वरी तिवारी चिफ फाइन्सियल अफिसर र प्रवीण खनाल प्रमुख बजार व्यवस्थापक छन् ।

उपेन्द्र यादवले गरेका थिए, गोल्डम्यानको उद्घाटन

गत पुस १० गते जसपाका अध्यक्ष तथा पूर्व–उपप्रधानमन्त्री उपेन्द्र यादवले गोल्डम्यानको उद्घाटन गरेका थिए । सेयर बजारमा ठूला लगानीकर्ता भनेर चिनिएका निर्मल प्रधानसमेत उद्घाटन कार्यक्रममा उपस्थित रहेको अग्रवालले युट्युबमा अपलोड गरेको भिडियो सामग्रीमा छ ।

यादवले गैरकानुनी रूपमा कारोबार गरिरहेको गोल्डम्यानको सफलताको कामना मात्रै गरेका छैनन्, पुँजी बजार उत्तर चढावबारे प्रतिक्रियासमेत दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x