Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

लगानी साक्षरता बुटक्याम्प

लगानी साक्षरता बुटक्याम्प

काठमाडौं, ६ चैत । मल्पी इन्टरनेशनल कलेजको सेन्टर फर फाइनान्स, बैंकिङ एण्ड इन्स्योरेन्सले आफ्ना कर्पोरेट साझेदारहरूसँगको सहकार्यमा ६ मार्च देखि ११ मार्च सम्म लगानी साक्षरता बुटक्याम्प गरेको छ ।


बुटक्याम्पको सम्पूर्ण सत्र पूरा गरेका सवैको लागि निःशुल्क प्रमाणपत्रको ब्यवस्था गरिएको थियो । ६ दिनसम्म चलेको सो क्याप्ममा सहभागीहरूलाई नेपालको शेयर वजारमा आफ्नो लगानी कसरी शुरू गर्न सकिन्छ भन्ने कुराहरूको आधारभूत जानकारी दिइएको बताएको छ । बुटक्याम्पमा शेयर बजारमा सुरु गर्ने योजना रहेकाहरूको लागि विशेष जानकारी गराइएको छ ।


लगानी साक्षरता बुटक्याम्पको अवधिभर मल्पीसँग एन आइ बी एल ए सि इ क्यापिटल लिमिटेड, अनलाइन सेक्योरिटीज प्राइभेट लिमीलेडका विशेषज्ञहरू थिए । क्याम्पमा यस क्षेत्रका विशेषज्ञहरु एसएमटिएम क्यापीटल र दिलिप कुमार मुन्नाकर्मी मार्फत सबैलाई जानकारी दिइएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x