Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

साताको पहिलो दिन रातोमा शेयर बजार

साताको पहिलो दिन रातोमा शेयर बजार

काठमाडौं, ६ चैत्र । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक साताको पहिलो दिन दोहोरो अंकले ओरालो लागेको छ । बजर परिसुचक १४.८७ अंकले घटेर २६१६.५८ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.५६ प्रतिशतले कमी हो ।

कारोबार भएका १३ कम्पनी समुहका उपसुचकमा लगानी समुह बाहेक अरु सबैले घाटा व्यहोरेका छन् ।

कूल २२४ कम्पनीको ३५,२१२ कारोबारबाट २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँ बराबरका ४२ लाख ८७ हजार ५६९ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारमैत्री भाषण दिँदै हिँडे पनि साताको पहिलो दिन नै बजार दोहोरो अंकले घटेको हो । अर्थमन्त्री शर्माले ब्याजदर घटाउने भाषणदेखि शेयर बजारमा हुने प्राविधिक समस्या समाधान गर्न निर्देशन दिँदै शेयरले राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुग्ने भन्दै भाषण गरेका थिए।

तर अर्थमन्त्री शर्माको भाषणलाई शेयर लगानीकर्ताले पत्याउन सकेका छैनन् । चुनाव नजिकिँदै जाँदा अर्थमन्त्री शर्माले शेयर लागानीकर्ताको मनोविज्ञान बुझेर शेयर बजारमैत्री भएको सन्देश दिएका थिए ।

तर लगानीकर्ता पछिल्लो समय शेयर बजारमा नकारात्मक क्षणमा परेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x