Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा

प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा


काठमाडौं, ६ चैत । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा होटल रेडिसन काठमाडौंमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न गरेको छ ।


चौथो वार्षिक साधारण सभाले संस्थापक समूह (क) का शेयरधनीका तर्फबाट सञ्चालक डा. बिमला दाहाल रेग्मी एवम् स्वतन्त्र सञ्चालक अनिल प्रसाद श्रेष्ठको नियुक्तिको अनुमोदन गरेको हो । साथै कम्पनीको नियमावली अनुसार समूह (ख) का सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद (दुई) को निर्वाचन बाट शंकर गौतम तथा दिपक पाण्डेय निर्विरोध निर्वाचित भएको बताइएको छ ।


साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६÷७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको बताइएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x