Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

एन आई सी बैंकको दुई महिने निःशुल्क आन्तरिक रेमिट्यान्स योजना

एन आई सी बैंकको दुई महिने निःशुल्क आन्तरिक रेमिट्यान्स योजना

काठमाडौं, ६ चैत । एन आई सी एशिया बैंकले चैत्र १ देखि आगामी वैशाख ३१ सम्म लागू हुने गरी बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना ल्याएको छ ।


यस योजना अन्तर्गत ग्राहकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा मोबाइल बैंकिङ्ग एप बाट रेमिट रकम सहज रुपमा पठाउन सकिने बैंकले बताएको छ । यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न मिल्ने बताइएको छ ।


यस दुई महिने निःशुल्क रेमिट्यान्स योजनाबाट ग्राहकहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झटबाट मुक्ति मिल्नुका अलावा समयको बचत भई डिजिटल रेमिट्यान्स कारोबारको प्रबद्र्धनमा सहयोग मिल्ने बैंकले जानकारी गराएको हो ।
बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ९८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *