शुक्रबारसम्म शेयरधनीले अपी पावरको हकप्रद भर्न पाउने
काठमाडौं, १३ चैत्र । अपी पावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिन योग्य हुन आज चैत १३ गते अन्तिम दिन रहेको छ ।
कम्पनीले हकप्रद निष्कासनका लागि भोलि चैत १४ गते बुक क्लोज गर्दैछ ।
कम्पनीले आफ्ना शेयरधनीहरुका लागि यही चैत २५ गतेबाट हकप्रद सेयर जारी गर्नेछ । कम्पनीले हाल कायम चुक्तापुँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५.७५ रुपैयाँको १ः०.३९ अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो । जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ ।
शेयरधनीहरुले यो हकप्रदमा आउँदो वैशाख १५ गतेसम्म आवेदन दिन पाउनेछन् । आवेदन नेपाल धितोपत्र बोर्डको इजाजतप्राप्त सी–आस्बामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा तथा सीडीएससीको मेरो सेयरबाट दिन सकिनेछ ।
अपी पावरको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । यो हकप्रदमा नेपाल धितोपत्र बोर्डले गत फागुन २६ गते निष्कासन अनुमति दिएको थियो ।
यसअघि गत जेठमा पनि अपी पावरले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको २९.३९ प्रतिशत हकप्रद बिक्री गरेको थियो ।