आन्तरिक तथा सीमा पर्यटन प्रर्वद्धनका लागि धरानमा इस्ट टुरिजम मार्ट
काठमाडौं,१३ चैत । आन्तरिक तथा सीमाक्षेत्रको पर्यटन प्रर्वद्धनका लागि नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा धरान उपमहानगरपालिकाको आयोजनामा शुक्रवार देखि धरानमा तीन दिने इस्ट टुरिजम मार्ट शुरु भएको छ ।
मार्टको उद्घाटन गर्दै प्रदेश एकका मुख्यमन्त्रि राजेन्द्र कुमार राईले पर्यटन आर्थिक विकासको आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको र प्रदेश एकमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यस्ता मार्टले आन्तरिक तथा सीमा (क्रसबोर्डर) पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताएका थिए ।
प्रदेश नम्बर एकका पर्यटन तथा संस्कृती मन्त्री खिनु लङङ्गवा लिम्बुले पूर्वको पर्यटनलाई सरकार निजी क्षेत्र तथा अन्य सरोकारवाला मिलेर प्रवद्र्धन गर्न आवश्यक रहेको बताएकी हुन ।
नेपालगञ्ज उपमहानरपालिकाको आयोजनामा नेपालगञ्जमा फाल्गुन २६, २७ र २८ गते वेस्टर्न टुरिजम मार्ट सम्पन्न भएको र धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा सुदूरपश्चिम प्रदेशको धनगढीमा यही २०७८ चैत्र २५, २६ र २७ गते ( फारवेष्ट ट्राभल मार्ट २०२२० आयोजना गर्न लागिएको समेत ँजानकारी गराइएको छ ।