Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाललाई भूराजनीति खेलमा संलग्न बनाउने प्रयासको विरोध गर्छौं : चीन

नेपाललाई भूराजनीति खेलमा संलग्न बनाउने प्रयासको विरोध गर्छौं : चीन

काठमाडौँ, १३ चैत्र । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपाललाई भूराजनीतिक खेलमा संलग्न बनाउने कुनै पनि प्रयासको चीनले विरोध गर्ने बताएका छन् । परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटमा विदेशमन्त्री वाङले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रतालाई कमजोर बनाउने, आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र भूराजनीतिक खेलमा संलग्न गराउने प्रयासको विरोध गर्ने बताएका हुन् ।

विदेशमन्त्री वाङले नेपालको मामिलामा यसका जनताले निर्णय गर्नेमा चीनले विश्वास गर्ने बताएको चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

‘अन्तर्राष्ट्रिय वा दुवै देशको आन्तरिक परिस्थितिमा जस्तो परिवर्तन भए पनि चीन दुवै देशका नेताहरुले निर्धारण गरेको चीन–नेपालको साझा भविष्य प्रवर्द्धनका लागि लाग्ने छ‚’ भेटमा वाङले भनेका छन् ।

ग्लोबल टाइम्सका अनुसार नेपालले आफ्नो देशका लागि निर्धारण गर्ने विकासको बाटोमा चीनले सहयोग गर्ने वाङले बताएका छन् । वाङले नेपालका लागि सबै पक्ष तथा दलहरूलाई जनताको आधारभूत तथा दीर्घकालीन चाहनालाई ध्यानमा राख्दै विशेष परामर्शका लागि प्रेरित गरेको समाचारमा उल्लेख छ ।

राजनीतिक स्थायीत्व, आर्थिक विकास तथा जनताको जीविकोपार्जनका लागि राजनीतिक स्थायीत्व र आर्थिक विकासको मोडल पनि संयुक्त रुपमा खोज्नुपर्ने वाङले बताएका छन् । वाङले नेपालले स्वतन्त्र आन्तरिक तथा विदेश नीति खोज्ने कार्यलाई चीनले सहयोग गर्ने उल्लेख गरेका छन् । ‘देशको आकार जत्रो भए पनि सबै देश समान हुन् र सबै देशको सर्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्नेमा चीनले विश्वास गर्छ‚’ विदेशमन्त्री वाङलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ ।

वाङले दक्षिण एसिया र चीनबीच सहकार्यका लागि नेपाल एउटा प्रतिबद्ध भूमी बनेको बताउँदै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा नेपाल ठूलो भूमिकामा रहेको चीनले हेर्न चाहेको बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x