चीनले ११ अर्ब ४० करोड अनुदान उपलब्ध गराउने
काठमाडौं, १४ चैत । चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई ११ अर्ब ४० करोड रुपैयाँ भन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । उक्त रकम सन् २०२० का लागि प्रदान गरिएको हो ।
यसैबीच वाङ यीले आफ्ना राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला घोषणा भएको विकास सहायता रकम पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रपति सीले ५६ अर्व अनुदान सहायता प्रदान गर्ने घोषणा गरेका थिए ।