Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

माछापुच्छ«े बैंकले मनायो ग्लोबल मनी सप्ताह

माछापुच्छ«े बैंकले मनायो ग्लोबल  मनी सप्ताह


काठमाडौं, १४ चैत । वित्तिय साक्षरता जगाउने उद्धेश्यले हरेक वर्ष विश्वव्यापीरुपमा मनाउने ग्लोबल मनि सप्ताह माछापुच्छ्रे बैंक लिमिटेडले मनाएको छ । यस वर्ष मार्च २१ तारिख देखि २७ तारिख सम्म परेको ग्लोबल मनि सप्ताह माछापुच्छ्रे बैंक देशव्यापी रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत विभिन्न प्रकारका वित्तिय साक्षरता कार्याक्रमहरु आयोजना गरेको हो ।

बैंकले देशका ७ वटै प्रदेशमा स्थानिय स्कुल कलेज, क्लवहरु संग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरि अन्र्तकृया तथा साक्षरता ¥यालीहरुको आयोजना गरी सो सप्ताह मनाएको हो ।


विभिन्न वित्तिय साक्षरता सम्बन्धि जानकारीहरु लेखिएका प्लेकार्ड सहित राजधानीको बुढानिलकण्ठ स्थित होटल सब्रिनाबाट सुरु भएको ¥यालि भंगाल, चुनिखेल, सुन्दरबस्ति, कपन, गुम्बा, कपन हुदै पुन होटल सब्रिना मा नै आएर समापन भएको र उक्त ¥यालिमा बैकका संचालक समितिका सदस्य जयमुकुन्द खनाल, प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायत काठमाडौं उपत्यकामा कार्यरत कर्मचारीहरुको उल््लेखनीय सहभागिता रहेको बताइएको छ ।


त्यस्तै बैंकले ग्लोबल मनि सप्ताहकै उपलक्ष्यमा काठमाडौँ बाहिर लुम्बिनी प्रदेशको भैरहबा र नेपालगन्ज, मधेश प्रदेशमा गोलबजार , र जनकपुर प्रदेश नं. १ मा ईट्टहरी र बिर्तामोड, सुदुरपश्चिम प्रदेशमा धनगढी र गण्डकी प्रदेशमा पोखरा लगायतका स्थानहरुमा पनि वित्तीय साक्षरता ¥यालि निकालेको थियो । साथै सोहि अवधिमा बैंकले विभिन्न संचारमाध्यमहरु मार्फत वित्तिय साक्षरता सम्बन्धि रेडियो नाटक एंव जिंगल समेत प्रसारण गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x