Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

अब ग्लोबल बैंकको मोवाईल बैंकिङ बाट विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिने

अब ग्लोबल बैंकको मोवाईल बैंकिङ बाट विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिने

काठमाडौं, १४ चैत । ग्लोबल आइएमई बैंकले नेपाल–भारत भित्रका ग्राहकहरुलाई क्यूआर सुविधा सुचारु गर्नको लागि पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रा.ली) संग सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार यस बैंकको मोबाईल बैंकिङ एप ग्लोबल स्मार्ट पलस प्रयोग गरी भारतमा ग्राहकहरुलाई सामान खरिद गर्दा क्यूआर मार्फत भारतपे, पेटम, गुगल पे लगायतका विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोवार गर्न सकिने बताइएको छ । उक्त सुविधा प्रदान गर्नको लागि सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकलेको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले हस्ताक्षर गरेको बताइएको छ ।

बैंकका ग्राहकहरूले भारतीय व्यापारीहरुलाई यसै सुविधाको प्रयोग गरी भुक्तानी गर्न सक्ने त्यसैगरी ग्राहकहरूले भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी सेवा प्रदायकहरुबाट ग्लोबल आईएमई बैंकको खातामा रकम स्थानान्तरण गर्न पनि सक्नेछन । यसले क्रस बोर्डर रेमिट्यान्स व्यवसायलाई समेत बढावा दिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x