Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेप्से परिसूचक २९.९८ अंकले ओरालो लाग्यो

नेप्से परिसूचक २९.९८ अंकले ओरालो लाग्यो

काठमाडौं, १४ चैत । यस साताको दोस्रो कारोबार दिन सोमबार शेयरबजार ओरालोे लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक २९.९८ अंकले घटेर २५४२.२८ अंकमा पुगेको छ ।


सोमबार २३१ कम्पनीको ४९ लाख ५८ हजार रुपैयाँको शेयर किनबेच हुँदा २ अर्ब ५४ करोड ५३ लाख २१ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।


ठुला समुहका कम्पनिको उपसूचक ५.०२ अंकले घटेर ४४९.३७ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.०५ प्रतिशतले कम हो ।
सबै १३ समुहका कम्पनीको उपसूचक कारोबार घटेको छ । भने यस दिन जीवन बीमा कम्पनीको सबै भन्दा बढी ३४२.६ अंकले घटेर १४६३.७४ अंकमा पुगेको हो । यस्तै सबै भन्दा थोरै आपसी कोष समूहको ०.०८ अंकले घटेर १५.५४ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्जले सार्वजनीक गरेको विवरणमा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x