Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

‘बैंकर र व्यवसायी एउटै हुनु अर्थतन्त्रका लागि कति लाभदायक ’

‘बैंकर र व्यवसायी एउटै हुनु अर्थतन्त्रका लागि कति लाभदायक ’

काठमाडौं, १५ चैत । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९–८० का लागि आवश्यक नीति तथा कार्यक्रम र बजेटका विषयबारे बैंकरसँग छलफल गरेका छन् । आवश्यक सुझाव लिन बैंक, वित्तीय संस्था र बिमा क्षेत्रका सरोकारवालासँग उनले छलफल गरेका हुन् ।

अर्थमन्त्रालयमा आयोजित छलफलमा मन्त्री शर्माले बैंकर र व्यवसायी एउटै हुनु अर्थतन्त्रका लागि कति लाभदायक हो ? भनी प्रश्न गरेका थिए । ‘बैंक र व्यवसायमा एउटै व्यक्ति वा समूह देखिन्छ, यो कत्तिको ठीक हो ?’ उनले भने ‘ठीक हो भने मेरो भन्नु केही छैन तर यसमा केही संशोधन आवश्यक छ भने कसो गर्दा ठीक हुन्छ भन्ने बारेमा मलाई सुझाव दिनुहोला ।’

उनले बजेटमा लघुवित्त कोष बनाउनेबारे सोचेको बताए । ‘लघुवित्त कोष बनाउने कि भन्ने सोच्दैछु । तर चर्कोमा ब्याज दिएर सर्वसाधारणलाई मर्कामा पार्नका लागि होइन’ उनले भने ‘सहुलियतपूर्ण ब्याजदरमा सर्वसाधारणले लघुवित्तबाट पनि ऋण पाउन सक्नेगरी कोष ल्याउने सोचमा छु ।’ उनले बैंकिङ प्रणालीमा पैसा राख्ने र झिक्ने अहिलेको व्यवस्थाप्रति पनि असन्तुष्टि जनाए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x