Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सुनसरीमा खाद्यान्न भण्डारण गृह सञ्चालन

सुनसरीमा खाद्यान्न भण्डारण गृह सञ्चालन

काठमाडौं, २१ चैत । नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेड मातहत सुनसरी जिल्ला गढी गाउँपालिका वडा नं २ औरावनीमा निर्माण सम्पन्न भई सञ्चालन हुनलागेको खाद्यान्न भण्डारण गृहको व्यवसायिक शुभारम्भ हुने भएको छ । साथै, पर्सा र कपिलवस्तु जिल्लामा निर्माण भईरहेको भण्डारण गृहहरु पनि छिट्टै सञ्चालनमा आउने बताइएको छ ।

खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्ने छ । कृषकको आवश्यकता वमोजिमको सुरक्षित तथा बैज्ञानिक तबरको भण्डारण गृह हाल सम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा वजारमा विक्री गर्नुपर्ने वाध्यता कृषकसंग रहिरहेको छ । यो समस्याको समाधानका लागि नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले देशका तीन वटा जिल्ला सुनसरी, पर्सा र कपिलवस्तुका औद्योगिक महत्वका शहरहरुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिष्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको बताइएको छ ।

कम्पनीको सो परियोजनाहरुको लागत रु १३९ करोड रहेकोमा सो लगानी मध्ये रु ९४ करोड ऋण र बाँकी स्वपूँजी परिचालन गरिने बताइएको हो । ऋणको व्यवस्थापन एभरेस्ट बैंकको अगुवाइमा नेपाल एसविआइ बैंक, हिमालयन बैंक, बैंक अफ काठमाडौँ, कृषि विकास बैंकको सहवीत्तीयकरणमा गरिएको हो । कम्पनीमा निम्बस समूह, शिखर ईन्स्योरेन्स, प्रोबियोटक ईन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमवि बैंक, टिम भेन्चर्स, टिएनआई इन्भेस्टले लगानी गरेका छन् । पछिल्लो चरणमा नेपाल इन्फ्राष्ट्रक्चर वैंक लि।, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन क्यापिटल, आइएमई जनरल इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्ट समेतले पूँजी लगानी गरेका छन । यस कम्पनीमा उपरोक्त लगानीकर्ताहरुबाट रु कूल चालु पूँजी रु ६८।७५ करोडको ८०५ ले हुन आउने रु ५५ करोडको शेयर लगानी भइसकेको बताइएको छ । साथै, आगामी आर्थिक वर्ष २०७९र८० मा सार्वजनिक निष्काशनबाट कूल जारी पूँजीको २०५ बराबरको रकम रु १३।७५ करोड जम्मा गरिने बताइएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x