Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नेपालगञ्ज र धरानपछि धनगढिमा ट्रावलमार्ट हुँदै

नेपालगञ्ज र धरानपछि धनगढिमा ट्रावलमार्ट हुँदै

काठामाडौं, २१ चैत । सुदूरपश्चिम प्रदेशको पर्यटन गतिविधिहरुको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र धनगढी उपमहानरपालिकाको मूल आयोजना तथा नाट्टा फारवेष्टको स्थानीय संयोजनमा यही चैत्र २५, २६ र २७ गते धनगढीमा फारवेष्ट ट्राभल मार्ट २०२२ आयोजना हुने भएको छ ।
नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यवसायिक गतिविधिहरुको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट‘ को आयोजना गर्ने नेपाल पर्यटन बोर्डको आ.व. २०७८÷७९ को नीति तथा कार्यक्रम अनुरुप मार्ट आयोजना गर्न लागिएको पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेगमीले बताएका छन ।

फारवेष्ट ट्राभल मार्ट २०२२ मा ब्यूटिफुल फारवेष्ट स् शुक्ला टु अपाइ सइपालको ब्राडिंङ गरि सुदूरपश्चिमको पर्यटन प्रवद्र्धन गर्ने छ । यस मार्टमा नाट्टा फारवेष्टकासाथै स्थानीय पर्यटन सम्बद्ध संस्थाहरुको सहभागिता रहनेछ । फारवेष्ट ट्राभल मार्ट २०२२ मा सिमावर्ती भारतीय शहरहरु लखिमपुर, बरेली, रुद्रपुर, नैनीताल, देहरादुनर भारतको राजधानी दिल्लीबाट करिब ४० जना टुर अपरेटरहरुलाई क्रेताको रुपमासहभागी गराई प्रदेशका टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायकहरु बीच यस क्षेत्रका टुर प्याकेजहरु बिक्री प्रवद्र्धन गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया बी टु बी गराइने बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरजे जानकारी दिएका छन ।


मार्टस्थलमा सातै प्रदेशका पर्यटकीय आकर्षणहरु झल्किने पेभिलियन नौवटा जिल्लाका स्टलका साथैटुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुका आकर्षक स्टलहरु निर्माण गरिने बताइएको छ । स्थानीय साँस्कृतिक झाँकी, साँस्कृतिक प्रस्तुति र फुड स्टलहरु मार्टको आकर्षणका रुपमा रहने साथै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशका पर्यटन व्यवसायी प्रतिनिधिहरु बीच टुर प्याकेजहरुको आदान प्रदान हुने बताइएको छ ।

आमन्त्रित भारतीय टुर अपरेटर, ब्लगर र सञ्चारकर्र्मीहरुलाई स्थानीय होटेल तथा क्यासिनोहरुको भ्रमण, कर्णाली नदीमा राफ्टिङ, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी गराउनुका साथै धार्मिकस्थलहरुको परिचयात्मक भ्रमण गराईने बताइएको हो । साथै मार्टमा सहभागी हुने प्रदेशका पर्यटन व्यवसायी र सञ्चारकर्मीहरुलाई समेत स्थानीय पर्यटकीय गन्तव्य तथा गतिविधिहरुको प्रत्यक्ष अनुुभव प्रदान गर्न परिचयात्मक भ्रमण गराईने नाट्टा फार वेष्टका अध्यक्ष माया प्रकाश भट्टले जानकारी दिएका हुन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x