Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नागढुंगा–नौबिसे सुरुङमार्ग तिब्र

नागढुंगा–नौबिसे सुरुङमार्ग तिब्र

काठमाडौं, २३ चैत्र । नागढुंगा–नौबिसे सुरुङमार्गमा धमाधम फिनिसिङको काम भइरहेको छ । हालसम्म मुख्य सुरुङको २०७ मिटर कंक्रिट लाइनिङ अर्थात फिनिसिङको काम पुरा भएको छ । एक महिनाअघि कंक्रिट लाइनिङका लागि मेसिन ल्याइएको थियो । लगतै काम सुरु गरिएको हो ।

नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार हालसम्म सबै क्षेत्रको सुरुङ निर्माण कार्य ४८.७ प्रतिशत सकिएको छ । अहिले नागढुंगा र नौबिसे दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको छ। दुईवटा सुरुङ तयार हुँदैछ । साढे नौ मिटर चौडा भएको मुख्य र ४.७५ मिटर चौडाइ भएको दोस्रो सुरुङ खनिदै छ ।

हाल मुख्य सुरुङ खन्ने काम १११७ मिटर सकिएको छ। काठमाडौंतर्फ मुख्य सुरुङ ५५८ मिटर र धादिङतर्फ ५५९ मिटर सम्पन्न भएको छ । मुख्य इभाकुएसन काठमाडौंतर्फको ८०८ मिटर र धादिङतर्फको ५७७ पुरा भएको आयोजनाले जनाएको छ ।

धादिङतर्फ १२६ मिटर अडिट टनेल पुरा भएको छ भने काठमाडौंतर्फको ३२ मिटर र धादिङतर्फको १६ मिटर क्रस प्यासेज निर्माण भएको छ । इभाकुएसन टनेल आपतकालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङमार्गसँगै समानान्तर हुनेगरी बनाइने सुरुङ हो । यसरी समानान्तर हुनेगरी खनिने स्केप टनेललाई प्रत्येक ३७५ मिटरमा सहायक बाटो (क्रस प्यासेज) ले मुख्य सुरुङसँग जोड्छ ।

आयोजनाका अनुसार अहिले टनेलको भित्रका कामलाई मुख्य प्राथमिकता दिएर धमाधम अघि बढाइएको छ । दुवैतिर गरि करिब ६ सय जनाले काम गरिरहेका छन्। सुरुङमार्ग बाहिर एप्रोच सडक निर्माणको काम भइरहेको छ ।

यसैगरी बलम्बुमा निर्माण गरिने फ्लाइओभरको पनि फाउण्डेसनको काम भइरहेको आयोजनाले बताएको छ । यसमा पर्ने घरजग्गाको मुआब्जा समेत वितरण पनि भइरहेको आयोजनाले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x