सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ र चाँदी ५ रुपैयाँले घट्यो
काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ रहेकोमा बुधबार ३ सय रुपैयाँले घटेर ९८ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएकोमा बुधबार ५ रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँ कायम भएको छ ।