Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनएमबिको विस्तारित काउण्टर मधेस प्रदेशको हिमालय सुगर मिल्समा

एनएमबिको विस्तारित काउण्टर मधेस प्रदेशको हिमालय सुगर मिल्समा

काठमाडौं, २३ चैत । एनएमबि बैंकले किसान तथा सर्वसाधारण सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले नरहा–३, सिरहास्थित हिमालय सुगर मिल्स परिसरमा ११औं विस्तारित काउण्टर शुभारम्भ गरेको छ । हिमालय सुगर मिल्सको तर्फबाट महा–प्रवन्धकद्वय अवधकिशोर यादव र एसएन कुशवाहा, एनएमबि बैंक लि.का मधेश प्रदेश प्रमुख कमल पोखरेलका साथै एरिया म्यानेजरहरू मिथिलेस कुमार झा, कमलेश प्रसाद यादव, अपरेशन म्यानेजर राजकुमार विश्वकर्मा, गोलबजार शाखाका प्रबन्धक सरोज यादव, कर्मचारी संजीव झालगायत सर्वसाधारणहरुको उपस्थितिमा आयोजित एक कार्यक्रममाझ गत सोमवार हिमालय सुगर मिल्स परिसरमा विस्तारित काउण्टरको विधिवत् उद्घाटन भएको हो ।

उक्त काउन्टरको स्थापनापूर्व नै बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै गोलबजार शाखाबाट हालसम्म ४७ जना उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको छ । बैंकले उखु किसानहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससंग सम्झौता पनि गरिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x