Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

कृषिको आधुनिकीकरणका उपाय खोज्दै नेपाल–भारतका अधिकारी

कृषिको आधुनिकीकरणका उपाय खोज्दै नेपाल–भारतका अधिकारी

काठमाडौं, २३ चैत । कृषियोग्य माटोमा हुने सूक्ष्म खाद्य पोषकतत्वको अवस्था र कृषि उत्पदकत्व वृद्धिका लागि आवश्यक उन्नत जातका बीउ, मलखाद र कृषि औजार प्रयोगका बारेमा बृहद् छलफल गरी उचित निष्कर्ष निकल्ने उद्देश्यका साथ राजधानीमा तीनदिने गोष्ठीको आयोजना गरिएको छ ।

कृषि तथा पशु विकास मन्त्रालयको प्राविधिक सहयोगमा साल्ट ट्रेडिङ कर्पोरेशन र इन्डियन पोटास लिमिटेडको संयुक्त आयोजनामा आजदेखि सुरु भएको गोष्ठीमा कृषिको आधुनिकीकरणका विविध विषयमा छलफल हुनेछ । सम्मेलनमा नेपाल सरकारका उच्च अधिकारी, प्रदेश सरकारका अधिकारी, कृषि वैज्ञानिक, सरोकारवाला तथा भारतका प्रख्यात कृषि वैज्ञानिकको सहभागिता रहेको छ ।

नेपालमा कृषिका लागि अत्यावश्यक मल, बीउ तथा औजारका अवस्था तथा सङ्घ र प्रदेशमा तिनका अवस्थाका बारेमा जानकारी लिँदै त्यस क्षेत्रमा सुधार गर्न अवलम्बन गर्नुपर्ने उपायका बारेमा छलफल गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको साल्ट ट्रेडिङ कर्पाेरेशनले जनाएको राससमा उल्लेख छ ।

तीन दिनसम्म हुने छलफलमा उन्नत जातका बीउबिजन, मलखाद, कृषि औजार तथा कृषि अनुदानको प्रभावकारिता वृद्धिका लागि आवश्यक सुझाव प्राप्त हुनेछ । कृषिजन्य उत्पादनको अन्तरराष्ट्रिय व्यापारका बारेमा पनि गोष्ठीमा छलफल हुनेछ । यस्तै छिमेकी भारतमा कृषिमा दिइने अनुदानका बारेमा पनि अनुभव आदनप्रदान हुनेछ ।

कार्यक्रमका दौरान विभिन्न एक दर्जन बढी विषयमा सामूहिक छलफल हुनेछ । गोष्ठीमा नेपालको मलखाद नीति र अनुदान प्रक्रिया, माटोमा हुने खाद्य पोषक तŒवको अवस्था, माटोका प्रकार र तिनमा आवश्यक पोषक तत्वका बारेमा विषय विज्ञबाट छलफल हुनेछ ।

यस्तै रासायनिक मलको अन्तरराष्ट्रिय बजार, प्रादेशिकरुपमा कृषिको अवस्था, कृषिका विविध क्षेत्रमा सरकारी अनुदानको वितरणमा भएका कमजोरी, त्यस अवस्थामा सुधार ल्याउने, भारतको अनुदान प्रणालीका सम्बन्धमा अनुभव आदानप्रदान, कृषिको यान्त्रीकरण, औजारको उचित प्रयोगका विषमा पनि बृहद् छलफल हुने कर्पोरेशनले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x