Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

धान खाने मुसो, चोट पाउने भ्यागुतो : गभर्नरप्रति ओली

धान खाने मुसो, चोट पाउने भ्यागुतो : गभर्नरप्रति ओली

काठमाडौँ, २६ चैत्र । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकोमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार काठमाडौँको तीनकुनेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र जोगाउनका लागि प्रयास गरिरहेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले यसलाई ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ भन्ने उखानसँग तुलना गरे । उनले भने–‘हिजो मात्रै हामीले देख्यौँ, थुतुनाभरि रौँ भएको मुसाले धान खायो । एउटै रौँ नभएको भ्यागुतालाई कारबाही ग¥यो । धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्छन् नि । त्यसमा पनि अनुहारभरि रौँ भएको मुसोले अर्थतन्त्र बर्बाद पा¥यो । अनि उखान जस्तै गरेर राष्ट्र बैंकको गभर्नरलाई हिजो कारबाही ग¥यो ।’

‘देश अत्यन्तै निर्लज्ज व्यक्तिहरुका हातमा परेको छ’, ओलीले भने, ‘देशको अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्र सेवक, एउटा अर्थविद्, अर्थशास्त्री र राष्ट्र बैंकबाटै डेपुटी गभर्नर समेत भएर हटेका र अर्थतन्त्र बुझेका मान्छेलाई निलम्बन गरियो ।’

उनले छानबिन समितिप्रति पनि आशंका व्यक्त गरे। माओवादीले नियुक्त गरेको र माओवादी निकट भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा एउटा छानबिन समिति बनाएको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x