नौ महिनामा आयल निगमलाई ३३ अर्ब रुपैयाँ घाटा
काठमाडौं, २७ चैत ।निरन्तर घाटामा जाँदा नेपाल आयल निगम पेट्रोलियम पदार्थ आयात गर्न नै नसक्ने अवस्थामा पुगेको छ । पेट्रोलियम पदार्थ खरिदका लागि निगमसँग अब २५ करोड रुपैयाँ मात्र मौज्दात छ । यो रकमले पेट्रोलियम पदार्थ आयात हुँदैन ।
भारतीय आयल कर्पोरेसन (आईओसी) लाई नियमित रूपमा बुझाउनु पर्ने रकम तिर्न नसक्ने देखिएकाले पेट्रोलियम पदार्थको आयतमा समस्या देखा परिसकेको निगमका प्रवक्ता विनीतकुमार उपाध्यायले जानकारी दिए ।
पेट्रोलियम पदार्थको मागअनुसार आईओसीलाई नियमित रूपमा बुझाउने रकममा दुई अर्ब रुपैयाँ नपुग्ने देखिसकेको छ । अनुसार आर्थिक वर्ष २०७८/७९ को हालसम्म ३३ अर्ब रुपैयाँ घाटामा रहेको छ ।