Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

भेरी–बबई डाइभर्सनको काम ५३ प्रतिशत सम्पन्न

भेरी–बबई डाइभर्सनको काम ५३ प्रतिशत सम्पन्न

काठमाडौं, २७ चैत । राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको ५३ प्रतिशत काम सम्पन्न भएको छ । हाल चिप्लेस्थित भेरी नदी किनारमा बाँध र हात्तीखालमा विद्युत गृहको काम भैरहेको छ ।

बाह्रै महिना सिँचाई सुविधा पुर्‍याउने र विद्युत उत्पादन गर्ने लक्ष्य राखेको आयोजना २०७९–०८० मा सम्पन्न गर्ने जलस्रोत तथा सिँचाई विभागको लक्ष्य छ ।
नेपालमा पहिलो पटक टनेल बोरिङ्ग मेशिन (टिविएम)मार्फत लक्ष्य अगावै सुरुङ निर्माण गरेर चर्चा कमाएको आयोजनामा हाल बाँध तथा पावरहाउस निर्माणको काम भइरहेको छ ।

भेरी नदीको चिप्लेमा एक सय १४ मिटर लामो ब्यारेजसहित एक सय ५८ मिटर डिसेन्डिङ बेसिन र टनेल इन्ट्री पोर्टलको निर्माण भइरहेको छ । पोर्टलमा चार वटा ढोका हुनेछन् भने भेरी नदीमा पुल बनाइनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x