Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

रोयल इनफिल्डका राइडर प्रमोद श्रेष्ठलाई सम्मान

रोयल इनफिल्डका राइडर प्रमोद श्रेष्ठलाई सम्मान

काठमाडौं, २७ चैत । प्रमोद श्रेष्ठ, जो गुफीको नामबाट प्रख्यात छन उनलाई रोयल इनफिल्ड कम्पनीको कार्यकारी निर्देशक हर्ष संघाइ द्वारा सम्मान गरिएको छ । प्रमोद श्रेष्ठ कम्पनीकोे अनुभवी र एकमात्र सबैभन्दा खारिएको राइडर हुन । उत्साही, साहसिक यात्रा गर्न रुचि राख्ने प्रमोदले रोयल इनफिल्ड मोटरसाइकलबाट म्यानमार, तिब्बत, भुटान र इंडियाको सफल यात्रा गर्ने भएका छन ।


श्रेष्ठद्वारा यही अप्रिल २०२२ मा हुन गइरहेको सगरमाथा आरोहण “८८४८ बालिकालाई बालबिबाह विरुद्ध शिक्षा अभियानलाई सफल बनाउनका लागी अल्फा अटोमोटिभ प्रा. ली. ले त्रिवेणी ग्रुपको कार्यलयमा एक कार्यक्रम आयोजना गरेर रु. ५ लाखको चेक हस्तानतरण गरेको छ साथै उक्त कार्यक्रममा रोयल इनफिल्डको झण्डा समेत सगरमाथाको शिखरमा पुर्याउनका लागी हर्ष संघाइबाट हस्तानतरण गरेका छन ।


यस्तै बिश्वको पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागी आधिकारिक बिक्रेता त्रिवेणी समुह अन्तर्गतको अल्फा अटोमोटिभ प्रा. ली. ले नेपाल भर बिक्रि अनुमती पाएको छ । कम्पनीले आफ्नो बिक्रि, सर्भिस एवं सन्जाल विस्तार कार्य सुरु गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x