Date

शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

एन आई सी बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपाने म्यानेजर अफ द इअर अर्वाड २०२२ बाट सम्मानित

एन आई सी बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपाने म्यानेजर अफ द इअर अर्वाड २०२२ बाट सम्मानित

काठमाडौं, २७ चैत । व्यवस्थापनकर्मीहरूको सम्मानित एवम् सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघ (म्यान) ले नेपालको व्यवस्थापन क्षेत्रमा पु¥याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई म्यानेजर अफ द इअर अर्वाड २०२२ बाट सम्मानित गरेको छ ।

चैत्र २६ गते राजधानीको याक एन्ड यति होटलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै विजेता न्यौपानेले उक्त पुरस्कार सम्पूर्ण फेलो एन आई सी एसिया लाई समर्पण गर्दै उक्त पुरस्कारबाट सम्मानित गरेकोमा व्यवस्थापन संघ, पुरस्कार छनौट समिति तथा व्यवस्थापन संघका पद्धाधिकारीहरू प्रति कृतज्ञता जाहेर गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *